मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सुखद् यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। यात्रामा मालसामान हराउन सक्छ। केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ। नयाँ जिम्मेवारी पाइएला। शुभकार्यको चर्चा चल्ने छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्तसँग मनमुटाव बढ्ला। अनावश्यक ठाउँमा धन खर्च होला। वैदेशिक क्षेत्र कमजोर रहने छ। महत्वपूर्ण अवसर गुम्न सक्ने छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। साथीबाट सहयोग मिल्ने छ। स्वादिष्ट भोजन पनि पाइनेछ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउन सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यप्रति सचेत रहनु होला।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ। चिताएको कामले तीव्रता लिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्ने छ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कार्यको योजना बन्नेछ। धार्मिक यात्राको योग छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। दैनिक कार्यमा प्रगति पनि हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्ने छ। आँटेको र ताकेको कार्य पुरा होला। प्रेममा मधुरता पनि छाउने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। पुरानो समस्या सुल्झाउन सकिने छ। सन्तान सुख पनि मिल्न सक्छ।