सामाजिक परीक्षणमा सार्वजनिक निकाय र प्रभावित सर्वसाधारणहरु प्रत्यक्ष रुपमा संलग्न रही संयक्त रुपमा विवेचना गर्दछन्।
१९४० देखि बौद्धिक थियोडोर क्रेपले नागरिकप्रति जिम्मेवारीको रुपमा अघि सारेपनि खास प्रयोग भने १९७० को दशकबाट भएको हो। यस दशकबाट नागरिकलाई सरोकारवालाका रुपमा लिन थालियो।
असीको दशकमा लोकतान्त्रिक शासनको विस्तारका साथ यसले अरु महत्व पाउन थालेको।
स्वयम्सेवी संस्थाहरु सामाजिक परीक्षणको अवधारणा विस्तार गर्न क्रियाशील देखिए।
पछिल्लो समयमा विस्तार भएका सामाजिक सञ्जाल (फेसबक, ट्वीटर, विकिलिक्स आदि) का माध्यमले पनि सार्वजनिक कार्यलाई सर्वसाधारणप्रति जवाफदेही बनाउन दवाव दिएको छ।
यो सुशासन र भ्रष्टाचार नियन्त्रणको रणनीति पनि बनेको
विकासका लागि चाहिने स्रोत साधनको आवश्यकता र उपलव्धताको विवेचना गर्नु
स्थानीय आवश्यकता र संभावनाका बारेमा लाभग्राही र सरकारी पदाधिकारीलाई सचेतना गर्नु
विकास व्यवस्थापनमा कार्यदक्षता र प्रभावकारिता बढाउनु
नीति तथा निर्णयमा सरोकारवालाहरुको आवाज उपलव्ध गराउनु
सेवाग्राहीलाई समयमै सेवा उपलव्ध गराउनु
वित्तीय र गैरवित्तीय फरक पत्ता लागउनु
सचेतना बृद्धि
कार्यकशलता र प्रभावकारिता विस्तार
नीति तथा निर्णय परीक्षण
अवसर लागतको विवेचना
पारदशिर्त ा र जवाफदेहिता
सहकार्य विस्तार
सहभागिता विस्तार
प्रभाव मापन
सहीकार्यका लागि नागरिक सवलता विस्तार
नागरिक प्रतिवेदन कार्ड (CitzenReportCard)
सार्वजनिक खर्च अनुगमन प्रणली (PETS)
नागरिक वडापत्र (CitizenCharter)
आमसञ्चार परिचालन (MediaInitatives)
सेवा प्रवाह सर्वेक्षण (Servicedeliverysurvey)
घर परिवार सर्वेक्षण (Householdsurvey)
समुदाय अनुगमन (Communitybasedmonitoring)
2. कर्मचारीलाई कार्यप्रेति गर्न आविस्कार भएका विधि र सिद्धान्तहरु कति व्यावहारिक छन् ? छोटो प्रकाश पार्दै कर्मचारीलाई कार्यप्रेरित गरिराख्न सुपरिवेक्षकको के कस्तो भूमिका रहन्छ ? उल्लेख गर्नुहोस्। १०
कर्मचारीलाई काममा स्वचालित रुपमा आवद्ध कसरी गर्न सकिन्छ ? मनैदेखि काममा कसरी बसिभूत गर्न सकिन्छ ? भन्ने विषयमा धेरै अध्ययन अनुसन्धान भएका छन् र अनेकन सिद्धान्तहरु पनि
प्रतिपादन भएका छन्।
कर्मचारी उत्प्रेरणाका सिद्धान्तहरु कार्यपरिवेश, मनोविज्ञान र सङ्गठनका वरिपरी रहेर तर्जुमा हुने
गरेका छन्।
सङ्गठनले जहिले पनि उच्च उत्पादकत्व मार्फत ग्राहक सन्तुष्टि खोज्छ, जसको आधार भनेको
कर्मचारी क्षमता विकास र कर्मचारीको क्षमतालाई सङ्गठनको हितमा प्रयोग गर्ने इच्छा हो। त्यसैले
भनिन्छ Performance = function (ability × motivation)। उद्देश्य (वा नतिजा) व्यक्तिको सन्तुष्टिको उत्पादन हो।
व्यक्तिको आन्तरिक आवश्यकताले उसको व्यवहार र क्रियाकलापलाई निर्दिष्ट गर्दछ। त्यसैले आन्तरिक आवश्यकता बुझेर तिनलाई संवोधन गर्नु पर्दछ।
कामप्रतिको निर्दिष्टता (drive) त्यस्तो आन्तरिक वल हो जसले मानिसको व्यवहारलाई लक्ष्योन्मुख पार्दछ।
उत्प्रेरणा आन्तरिक इच्छा (-Intrinsicfeeling) र वाह्य प्रेरणा (Extrinsicrewards) को कारण सिर्जित हुन्छ।
व्यवहारमा कर्मचारीलाई कार्यप्रेरित गर्न नीति व्यवस्था, आर्थिक सहुलियतका अलावा नेतृत्वको व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुन्छ। नेतृत्व वा कर्मचारीको सुपरिवेक्षकले यी आधारमका कर्मचारीलाई उत्प्ररित गर्दछ :
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100