१२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण - Chaitanya News
  • 2026-06-27
  • 08:27:17
  • शनिबार,आषाढ १३, २०८३
  • १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आज (आइतबार) बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए। जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन्। ४ जनाको परीक्षाफल रद्द गरिएको छ।

    गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए।

    नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ।