कृषि मन्त्री अधिकारीले गरे आफ्नो सय दिने उपलब्धि सार्वजनिक - Chaitanya News
  • 2026-06-29
  • 09:05:59
  • सोमबार,आषाढ १५, २०८३
  • कृषि मन्त्री अधिकारीले गरे आफ्नो सय दिने उपलब्धि सार्वजनिक

    कृषि मन्त्री अधिकारीले गरे आफ्नो सय दिने उपलब्धि सार्वजनिक

    काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।

    सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन्। मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानले पाउनु पर्ने रकम उपलब्ध गराउने सहितका काम आफूले गरेको उनको भनाइ छ।

    नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउँदै मन्त्री अधिकारीले भने, ‘आगामी दिनमा सांगठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ।

    कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बिउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।