चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 466 of 1153
  • 2026-11-22
  • 12:55:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री कार्कीको उपस्थितिमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

काठमाडौँ– आज (बुधबार) प्रधानमन्त्री सुशीलाका कार्कीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए। प्रवचनमा स्वजागरणलाई आन्तरिक चेतना, अनुशासन र जिम्मेवारीसँग जोडिएको जीवन पद्धतिका रूपमा प्रस्तुत गरिएको थियो। स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माणमा सहयोग पुर्‍याउने तथा मुलुकमा सुशासन स्थापनामा योगदान दिन सक्ने अपेक्षा कार्यक्रममार्फत व्यक्त गरिएको थियो। नेपालमा भएका विविध सामाजिक तथा राजनीतिक आन्दोलनहरू र जेन–जी पुस्ताबाट उठिरहेको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गर्दै दैनिक जीवनको हिस्सा बनाउनु आवश्यक रहेको धारणा कार्यक्रममा राखिएको थियो। स्वजागरणलाई आध्यात्मिक अभ्यासमा सीमित नराखी व्यक्तिलाई आन्तरिक रूपमा शान्त र खुसी बनाउने तथा बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र सचेत नागरिक निर्माणमा उपयोगी जीवन पद्धतिका रूपमा विकास गर्नुपर्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो। कार्यक्रममा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुखहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

News by प्रधानमन्त्री कार्कीको उपस्थितिमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न :