काठमाडौँ– नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया सुरु भएको छ।
हिजो (मंगलबार) बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो। बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्। तर, वार्ता अहिले पनि जारी रहेको छ।
निर्वाचन समितिले निर्वाचन कार्यपालिका परिवर्तन गर्दै प्रक्रिया अघि बढाएको हो। सुरुमा उल्लेख गरेको तालिका अनुसार मनोनयन दर्ताको समय मंगलबार नै सकिएको थियो। त्यसलाई परिमार्जन गरी बिहानदेखि पुनः मनोनयन दर्ताको काम सुरु गरिएको छ।