काठमाडौं– तापक्रम घटेसँग जडो बढेको छ। आज (बुधबार) पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ।
आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो।
आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो।
पौने ९ मा काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ।
आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको महाशाखाले जनाएको छ।
यसैबीच, आज तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।