काँग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा सुरु - Chaitanya News
  • 2026-05-06
  • 14:21:40
  • बुधबार,बैशाख २३, २०८३
  • काँग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा सुरु

    काँग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा सुरु

    काठमाडौँ– भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा नेपाली काँग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ। देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन्।

    अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन्। बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखकसँगै शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजालसहितका नेता छन्।