चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1002 of 1151
  • 2026-11-21
  • 10:48:07
  • शनिबार,मंसिर ०६, २०८३

About Author

देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरूको बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत नेताहरूलाई छलफलका लागि बोलाएका छन्। बैठक केहीबेरमा सुरु हुनेछ। बैठकमा भोलि बस्ने संसदीय दलको बैठकका एजेन्डाबारे छलफल हुने देउवानिकट स्रोतले जनाएको छ। संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। बैठकमा २८ पुसमा बस्ने केन्द्रीय समिति बैठकबारे पनि छलफल हुने बताइएको छ।