जसपाले प्रचण्डलाई विश्वासको मत दिन्छ : नेता यादव - Chaitanya News
  • 2026-05-08
  • 18:03:37
  • शुक्रबार,बैशाख २५, २०८३
  • जसपाले प्रचण्डलाई विश्वासको मत दिन्छ : नेता यादव

    जसपाले प्रचण्डलाई विश्वासको मत दिन्छ : नेता यादव

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकको एजेन्डा तय गर्न बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा पार्टीले हस्ताक्षर गरेको भन्दै उनले शंका नगर्न आग्रह गरे। जसपा गठबन्धन र कांग्रेससँग समानान्तर संवादमा रहेको भन्ने प्रश्नमा यादवले राजनीतिक भेटघाटकै आधारमा शंका गर्नुपर्ने कुनै कारण नभएको प्रस्टीकरण दिए।

    ‘राजनीतिमा भेटघाट हुँदैमा शंका गर्नुपर्दैन। अरू विषयमा पनि भेटघाट हुन सक्छ। भेटघाट हुँदैमा शेरबहादुर देउवाको पक्षमा गएको भन्ने हुँदैन,’ यादवले भने, ‘राष्ट्रपतिकहाँ गएर प्रचण्डलाई मत दिने भनेर सिग्नेचर गरिसकेका छौँ। हामी प्रचण्डजीलाई मत दिन्छौँ।’