देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरूको बैठक - Chaitanya News
  • 2026-05-08
  • 18:03:47
  • शुक्रबार,बैशाख २५, २०८३
  • देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरूको बैठक

    देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरूको बैठक

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

    सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत नेताहरूलाई छलफलका लागि बोलाएका छन्। बैठक केहीबेरमा सुरु हुनेछ।

    बैठकमा भोलि बस्ने संसदीय दलको बैठकका एजेन्डाबारे छलफल हुने देउवानिकट स्रोतले जनाएको छ। संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ।

    बैठकमा २८ पुसमा बस्ने केन्द्रीय समिति बैठकबारे पनि छलफल हुने बताइएको छ।