प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक - Chaitanya News
  • 2026-05-10
  • 07:14:25
  • आइतबार,बैशाख २७, २०८३
  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक

    काठमाडौं-  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ ।

    दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

    त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।