तराईका अधिकांश भागमा चिसाेले जनजीव प्रभावित - Chaitanya News
  • 2026-04-26
  • 14:58:13
  • आइतबार,बैशाख १३, २०८३
  • तराईका अधिकांश भागमा चिसाेले जनजीव प्रभावित

    तराईका अधिकांश भागमा चिसाेले जनजीव प्रभावित

    काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लागेर चिसाे बढेसँगै जनजीव प्रभावित भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

    शुक्रबार राति भने देशको पहाडी भू-गमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, तराईका अधिकांश भू-भागहरूमा भने हुस्सु र कुहिरो लाग्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।