चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 503 of 1153
  • 2026-11-22
  • 16:34:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनको मूल्य हालसम्मकै उच्च, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको दोस्रो दिन आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ। जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो। यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ। गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ। जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा (नेपाली समय १०ः५० बजे सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ। त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ।

News by सुनको मूल्य हालसम्मकै उच्च, चाँदी कतिमा हुँदैछ कारोबार ? :