‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ : सञ्चार मन्त्री खरेल - Chaitanya News
  • 2026-11-21
  • 18:53:02
  • शनिबार,मंसिर ०६, २०८३
  • ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ : सञ्चार मन्त्री खरेल

    ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ : सञ्चार मन्त्री खरेल

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्।

    आज (आइत्ब्ँर) मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रूपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरूसँग सरकारले सहकार्य गर्ने बताएका हुन्। उनले अनलाइन टिभी मिडिया न्यू मेन स्ट्रिम मिडिया भएको पनि बताए।

    उनले न्यू मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठुलो सहयोग गरेको पनि बताए। न्यू मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नवीकरणमा सहजीकरण, तालिम, पुरस्कारलगायतका व्यवस्था सरकारले गर्ने उनको भनाइ छ।

    उनले नयाँ प्रविधि र अवधारणसहित सञ्चालनमा आएका युट्युब च्यानल, अनलाइन टेलिभिजनलाई सरकारले पनि सहयोग गर्न आवश्यक नीति बनाउन लागेको पनि जानकारी दिए।