महामन्त्री थापाले भने: ‘भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’ - Chaitanya News
  • 2026-06-23
  • 14:49:39
  • मंगलबार,आषाढ ०९, २०८३
  • महामन्त्री थापाले भने: ‘भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’

    महामन्त्री थापाले भने: ‘भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

    आज (सोमवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुस्खद् कालो दिनको संज्ञा दिएका हुन्।

    ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन। ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ। म भए लिन्थेँ। जो छ उसले लिनुपर्छ। त्यति बेलाको प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने।