सुनको मूल्य हालसम्मकै उच्च, चाँदी कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-05-02
  • 00:57:31
  • शुक्रबार,बैशाख १८, २०८३
  • सुनको मूल्य हालसम्मकै उच्च, चाँदी कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य हालसम्मकै उच्च, चाँदी कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– साताको दोस्रो दिन आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ।

    जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो। यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ। गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

    त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ। जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा (नेपाली समय १०ः५० बजे सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ। त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ।