चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 861 of 1153
  • 2026-11-23
  • 04:01:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

दार्चुलामा हिमपहिरो, मानिस पुरिएको आशंका

व्यास- दार्चुलामा मंगलबार हिमपहिरो गएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ। यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ। हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकि छ।

News by दार्चुलामा हिमपहिरो, मानिस पुरिएको आशंका :