मलंगवा- जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलागी भएको छ। मंगलबार बिहान करिब ५:४० बजेतिर विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ।
आगलागीबाट नागरिकता प्रतिलिपि फाटका कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन्।
आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए। तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति हुनबाट जोगिएको बताइएको छ।
छेउमै रहेको वारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ।