चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 625 of 1152
  • 2026-11-22
  • 08:41:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज कर्णालीमा शोक दिवस

सिमकोट- आइतबार कर्णाली प्रदेशमा प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ। भूकम्पबाट ज्यान गुमाएका कर्णाली प्रदेशवासीको शोक मनाउनका लागि दिवस मनाउने सरकारले निर्णय गरेको हो। कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्ण विसीले जानकारी दिए। उनका अनुसार भूकम्पबाट अति प्रभावित पालिकालाई तत्काल खर्च गर्ने गरी बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ।