चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1050 of 1156
  • 2026-11-23
  • 20:56:13
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार सम्पन्न मतदानअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ । आज (बिहीबार) बिहान ६ सम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये अहिलेसम्म कांग्रेसका २६ प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु विजयी भइसकेका छन् । नेकपा एमाले १२ स्थानमा प्रतिनिधिसभा सदस्य जितेर कांग्रेसलाई पछ्याइरहेको छ । सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग चुनावी गठबन्धन गरेको एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ४६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु खडा गरेको थियो । पछिल्लो मत परिणामअनुसार माओवादीले ७ स्थानमा जित हात पारेको छ । २१ स्थानमा उम्मेदवारी दिएको सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले ६ र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट जितेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १–१ सिटमा जित निकाल्दा एमालेसँग गठबन्धनमा अनुबन्धित जनता समाजवादी पार्टी (जसपा) पनि १ स्थानमा जितेको छ । एमालेसँगै चुनावी तालमेलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई स्थानमा जित सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले १ सिट जित्दा बर्दियामा १ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । बिहीबार बिहानसम्म प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूची नेपाली कांग्रेस (१) मुस्ताङ– योगेश शेरचन (२) मनाङ– टेकबहादुर गुरुङ (३) काठमाडौं १ – प्रकाशमान सिंह (४) काठमाडौं ३ – सन्तोष चालिसे (५) काठमाडौं ४– गगनकुमार थापा (६) काठमाडौं ५ – प्रदीप पौडेल (७) रसुवा– मोहन आचार्य (८) ललितपुर १– उदय शमशेर जबरा ( ९) तनहुँ २ – शंकर भण्डारी (१०) डडेल्धुरा– शेरबहादुर देउवा (११) काठमाडौं १० – राजेन्द्रकुमार केसी (१२) पर्सा ४ – रमेशकुमार रिजाल (१३) सुर्खेत २ – हृदयराम थानी (१४) ओखलढुंगा– रामहरि खतिवडा (१५) झापा १– विश्वप्रकाश शर्मा (१६) पर्सा १– अजयकुमार चौरसिया (१७) गोरखा १– राजेन्द्र बजगाँई (१८) म्याग्दी– खमबहादुर गर्बुजा (१९) अछाम २ – पुष्पबहादुर शाह (२०) कैलाली ४ – वीरबहादुर बलायर (२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू (२२) कञ्चनपुर ३ – रमेश लेखक (२३) कञ्चनपुर २– एनपी साउद (२४) मोहनबहादुर बस्नेत (२५) दैलेख २ – दिक्पालकुमार शाही (२६) भक्तपुर २ – दुर्लभ थापा नेकपा एमाले (१) उदयपुर २ – अम्बरबहादुर रायमाझी (२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ (३) ललितपुर २– प्रेमबहादुर महर्जन (४) गुल्मी २ – गोकर्ण विष्ट (५) झापा २ – देवराज घिमिरे (६) झापा ५ – केपी शर्मा ओली (७) ताप्लेजुङ– योगेश भट्टराई (८) पर्सा ३ – राजकुमार गुप्ता (९) अर्घाखाँची – टोपबहादुर रायमाझी (१०) प्युठान – सूर्य थापा (११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ (१२) मकवानपुर २ – महेश बर्तौला नेकपा (माओवादी केन्द्र) (१) सिन्धुली २– लेखनाथ दाहाल (२) सिन्धुपाल्चोक १ – माधव सापकोटा (३) बाग्लुङ २ – देवेन्द्र पौडेल (४) रोल्पा – वर्षमान पुन (५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर (६) जाजरकोट – शक्तिबहादुर बस्नेत (७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादी (१) अछाम १ – शेरबहादुर कुँवर (२) बारा ४ – कृष्णकुमार श्रेष्ठ (३) बझाङ – भानुभक्त जोशी (४) दैलेख १ – अमरबहादुर थापा (५) डोटी – प्रेम आले (६) सल्यान – प्रकाश ज्वाला राष्ट्रिय स्वतन्त्र पार्टी (१) काठमाडौं ७ – गणेश पराजुली (२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ (३) काठमाडौं २ – सोबिता गौतम (४) काठमाडौं ६ – शिशिर खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) (१) बाँके २ – धवलसमशेर जबरा (२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही जनता समाजवादी पार्टी (जसपा) (१) पर्सा १ – प्रदीप यादव राष्ट्रिय जनमोर्चा (१) बाग्लुङ – चित्रबहादुर केसी लोकतान्त्रिक समाजवादी पार्टी (१) रुपन्देही ४ –तिनिधिसभा सर्वेन्द्रनाथ शुक्ला नागरिक उन्मुक्ति पार्टी (१) कैलाली १– गंगाराम चौधरी स्वतन्त्र (१) बर्दिया २ – लालवीर चौधरी

News by प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित) :