प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित) - Chaitanya News
  • 2026-04-26
  • 22:34:22
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित)

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार सम्पन्न मतदानअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ । आज (बिहीबार) बिहान ६ सम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ ।

    सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये अहिलेसम्म कांग्रेसका २६ प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु विजयी भइसकेका छन् । नेकपा एमाले १२ स्थानमा प्रतिनिधिसभा सदस्य जितेर कांग्रेसलाई पछ्याइरहेको छ ।

    सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग चुनावी गठबन्धन गरेको एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ४६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु खडा गरेको थियो । पछिल्लो मत परिणामअनुसार माओवादीले ७ स्थानमा जित हात पारेको छ ।

    २१ स्थानमा उम्मेदवारी दिएको सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले ६ र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट जितेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १–१ सिटमा जित निकाल्दा एमालेसँग गठबन्धनमा अनुबन्धित जनता समाजवादी पार्टी (जसपा) पनि १ स्थानमा जितेको छ ।

    एमालेसँगै चुनावी तालमेलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई स्थानमा जित सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले १ सिट जित्दा बर्दियामा १ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।

    बिहीबार बिहानसम्म प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूची
    नेपाली कांग्रेस
    (१) मुस्ताङ– योगेश शेरचन
    (२) मनाङ– टेकबहादुर गुरुङ
    (३) काठमाडौं १ – प्रकाशमान सिंह
    (४) काठमाडौं ३ – सन्तोष चालिसे
    (५) काठमाडौं ४– गगनकुमार थापा
    (६) काठमाडौं ५ – प्रदीप पौडेल
    (७) रसुवा– मोहन आचार्य
    (८) ललितपुर १– उदय शमशेर जबरा
    ( ९) तनहुँ २ – शंकर भण्डारी
    (१०) डडेल्धुरा– शेरबहादुर देउवा
    (११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
    (१२) पर्सा ४ – रमेशकुमार रिजाल
    (१३) सुर्खेत २ – हृदयराम थानी
    (१४) ओखलढुंगा– रामहरि खतिवडा
    (१५) झापा १– विश्वप्रकाश शर्मा
    (१६) पर्सा १– अजयकुमार चौरसिया
    (१७) गोरखा १– राजेन्द्र बजगाँई
    (१८) म्याग्दी– खमबहादुर गर्बुजा
    (१९) अछाम २ – पुष्पबहादुर शाह
    (२०) कैलाली ४ – वीरबहादुर बलायर
    (२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
    (२२) कञ्चनपुर ३ – रमेश लेखक
    (२३) कञ्चनपुर २– एनपी साउद
    (२४) मोहनबहादुर बस्नेत
    (२५) दैलेख २ – दिक्पालकुमार शाही
    (२६) भक्तपुर २ – दुर्लभ थापा

    नेकपा एमाले
    (१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
    (२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
    (३) ललितपुर २– प्रेमबहादुर महर्जन
    (४) गुल्मी २ – गोकर्ण विष्ट
    (५) झापा २ – देवराज घिमिरे
    (६) झापा ५ – केपी शर्मा ओली
    (७) ताप्लेजुङ– योगेश भट्टराई
    (८) पर्सा ३ – राजकुमार गुप्ता
    (९) अर्घाखाँची – टोपबहादुर रायमाझी
    (१०) प्युठान – सूर्य थापा
    (११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
    (१२) मकवानपुर २ – महेश बर्तौला

    नेकपा (माओवादी केन्द्र)
    (१) सिन्धुली २– लेखनाथ दाहाल
    (२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
    (३) बाग्लुङ २ – देवेन्द्र पौडेल
    (४) रोल्पा – वर्षमान पुन
    (५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
    (६) जाजरकोट – शक्तिबहादुर बस्नेत
    (७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

    नेकपा एकीकृत समाजवादी
    (१) अछाम १ – शेरबहादुर कुँवर
    (२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
    (३) बझाङ – भानुभक्त जोशी
    (४) दैलेख १ – अमरबहादुर थापा
    (५) डोटी – प्रेम आले
    (६) सल्यान – प्रकाश ज्वाला

    राष्ट्रिय स्वतन्त्र पार्टी
    (१) काठमाडौं ७ – गणेश पराजुली
    (२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
    (३) काठमाडौं २ – सोबिता गौतम
    (४) काठमाडौं ६ – शिशिर खनाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
    (१) बाँके २ – धवलसमशेर जबरा
    (२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

    जनता समाजवादी पार्टी (जसपा)
    (१) पर्सा १ – प्रदीप यादव

    राष्ट्रिय जनमोर्चा
    (१) बाग्लुङ – चित्रबहादुर केसी

    लोकतान्त्रिक समाजवादी पार्टी
    (१) रुपन्देही ४ –तिनिधिसभा सर्वेन्द्रनाथ शुक्ला

    नागरिक उन्मुक्ति पार्टी
    (१) कैलाली १– गंगाराम चौधरी

    स्वतन्त्र
    (१) बर्दिया २ – लालवीर चौधरी