काठमाडौं – चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगातार आफ्नो अग्रता बढाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार रविले १५ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको मतगणना अपडेट अनुसार रविले ७ हजार ८२ मतको अग्रता लिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।