ललितपुर क्षेत्र नम्बर–३बाट डा. तोसिमा कार्की विजयी - Chaitanya News
  • 2026-04-24
  • 15:02:56
  • शुक्रबार,बैशाख ११, २०८३
  • ललितपुर क्षेत्र नम्बर–३बाट डा. तोसिमा कार्की विजयी

    ललितपुर क्षेत्र नम्बर–३बाट डा. तोसिमा कार्की विजयी

    काठमाडौँ– ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।

    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।