४ सय मतले पछि परे योगेश भट्टराई - Chaitanya News
  • 2026-09-14
  • 20:29:38
  • सोमबार,भाद्र २९, २०८३
  • ४ सय मतले पछि परे योगेश भट्टराई

    ४ सय मतले पछि परे योगेश भट्टराई

    काठमाडौं – ताप्लेजुङको चुनावी नतिजा रोचक मोडमा पुगेको छ। एमाले सचिव योगेश भट्टराई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री पराग भन्दा यो समाचार तयार पार्दा सम्म करिब ४ सयले पछि छन्।

    सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवाको मत गणना चलिरहेको छ। यहाँको पनि मत परिणाम आउँदा भट्टराईले मतान्तर केहि घटाउने अपेक्षा गरिएको छ। भट्टराईको गृह गाउँ मैवाखोला गाउँपालिकाबाट उनलाई अपेक्षाकृत राम्रो मत आउन सकेन।