काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको गृहजिल्ला नवलपुर निर्वाचन क्षेत्र नम्बर–२ का दुवै प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नवलपुर–२ ‘क’बाट पद्या जिसी र ‘ख’बाट लक्ष्मण पाण्डे विजयी भएका हुन् ।
नवलपुर–२ ‘क’बाट जिसी १९ हजार ३७८ मतसहित गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार सौगमकुमार सिरपालीले १४ हजार ७४३ मत ल्याए । यो क्षेत्रबाट ०७४ सालको निर्वाचनमा कांग्रेस उमेदवार विजयी भएका थिए ।
नवलपुर–२ ‘ख’बाट पाण्डे भारी मतान्तरले विजयी भएका छन् । उनले १८ हजार ८०६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उमेदवार गोपाल खनालले १४ हजार ७६१ मत ल्याए ।