चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 65 of 1153
  • 2026-11-23
  • 04:29:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ। अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ। वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ। निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ। हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ।

News by निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित :