चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 945 of 1152
  • 2026-11-22
  • 11:17:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

श्रमस्वीकृति उत्साहजनक : सात महिनामा साढे चार लाख विदेशिए

काठमाडौं -  चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५९ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको गत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीको लागि जानेको संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ । गत आवमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा चालु आवको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ ।

News by श्रमस्वीकृति उत्साहजनक : सात महिनामा साढे चार लाख विदेशिए :