चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 579 of 1153
  • 2026-11-22
  • 20:50:04
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहने छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा छोटो दूरीको लाभदायक यात्रा रहला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघि बढ्ने छ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज प्रेममा मनमुटावका साथै मन कमजोर रहने छ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला, सचेत रहनु होला। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आजको दिन उत्साहपूर्ण रहनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। राजनैतिक कार्यमा सफलता मिल्ने छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज यात्रामा मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। सौन्दर्यतामा धन खर्च पनि हुनेछ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। व्यवसायबाट लाभ मिल्ने छ। आज तपाईंको लागि प्रेमले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो रोजगारको अवसर मिल्ने छ। राजनैतिक कार्यमा सफलता मिल्ने छ। साथीबाट विशेष सहयोग मिल्ने छ। तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन्। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाइने छ। शुभकार्यको चर्चा पनि चल्ने छ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ। रमणीय र सुखद् यात्राको योग छ। प्रेमको समस्या हटेर जानेछ। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज भाग्योदय हुनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ। धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि मित्र वा आफन्तको सहयोग मिल्ने छ । बौद्धिकताको विकास हुनेछ। मिष्ठान्न भोजन प्राप्ति होला। तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन्। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज घरमा अतिथिको आगमन हुनेछ। लाभदायक यात्रा रहने छ। नयाँ कार्यको थालनी होला। पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ।