वातावरणीय ह्रास
- हाम्रो वरिपरि भएका भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक पक्षहरूको समष्टिगत स्वरूप बाताबरण हो
- बाताबरण संरक्षण ऐन, २०७६ अनुसार प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरू र ती अवयवहरूको बीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई वातावरण भनिन्छ ।
- मानवीय क्रियाकलापका कारणले अहिले बाताबरणमा प्रतिकूल असर पर्दै गएको छ प्राकृतिक स्रोतको अत्यधिक प्रयोग, शहरीकरण, औद्योगिकीकरण, फोहरमैलाको जवाभावी विसर्जन आदि जस्ता कारणले वातावरणीय असन्तुलन हुदै गएको छ। यस प्रकारका गतिविधिले बातावरणीय तत्वहरूको भौतिक, रासायनिक तथा जैविक गुणमा परिवर्तन भई मानिस लगायत अन्य जीवको लागि प्रतिकूल अवस्थाको सिर्जना हुनु तथा गुणस्तरीय वातावरणमा नकारात्मक असर पर्नुलाई बाताबरणीय ह्रास भनिन्छ ।
- बाताबरणका विविध अवयवहरू जस्तै माटो, पानी, वायु, खनिजपदार्थ, बनजंगल, वन्यजन्तु, सस्कृति, रहनसहन, परम्परा, चाडपर्व आदिमा नकारात्मक परिवर्तन आई समग्र बातावरणको गुणस्तर खस्कनुलाई वातावरणीय ह्रास भनिन्छ ।
वातावरणीय हासका कारण
(क) मानवीय कारण
- मानवीय आवश्यकता परिपूर्ति गर्नको लागि बनजगलको बिनाश गर्नु,
- जनसख्याको तीव्र वृद्धिले प्राकृतिक स्रोत साधन माथि दबाव पर्नु
- रासायनिक मल, किटनाशक विषादी आदिको प्रयोग हुनु
- अनियन्त्रित एवं अव्यवस्थित शहरीकरण र बसाईसराई हुनु
- गरिबीको कारणले प्राकृतिक स्रोतसाधनको असन्तुलित प्रयोग हुनु
- प्राकृतिक बासस्थानहरूको खण्डीकरण हुनु
- सवारी साधनको तीव्र वृद्धि हुनु
- वातावरणलाई ख्याल नगरी अन्धाधुन्ध औद्योगिकीकरण गर्नु
- वातावरण संरक्षण सम्बन्धी कानूनको पालना नहुनु
- बाताबरण संरक्षणमा जनचेतनाको कमी हुनु
- कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन आदिको अत्यधिक उत्पादन हुनु
- रासायनिक तथा आणविक हातहतियारको प्रयोग हुनु ।
प्राकृतिक कारण
- भूकम्पका कारण
- वाढी, पहिरो, भूक्षय, जस्तैः कोशीको बाढी, जुरेको पहिरो आदि।
- जलवायु परिवर्तन,
- ज्वालामुखी विष्फोटन,
- वातावरणीय प्रदुषण,
- भुकम्प, जस्तैः २०७२ को भुकम्प, १९९० को भूकम्प
- हिमपात, हिमपहिरो, वर्षा, हुरी, वतास आदि।
वातावरणीय हासको प्रभाव/असर
प्राकृतिक सन्तुलन- ओजन तहको विनाश, हरित गृह ग्याँसको बढ्दो उत्सर्जन, जलवायु परिवर्तन, आगोलागी, डढेलोले वनविनाश, वायु प्रदुषण, प्राकृतिक सन्तुलनमा खलल पुग्नु ।
मानव जीवनमा- – स्वास्थ्यमा प्रतिकुल असर, आर्थिक संकट बढ्ने, खाद्य असुरक्षा उर्जा संकट अनवीकरणीय उर्जाको बढ्दो खपत (कोइला, पेट्रोल आदि)
वातावरणमा– खनिज पदार्थको श्रोत प्रदुषित हुने, जैविक विविधताको हास, मरुभूमिकरण बढ्ने,
जलसम्पदामा– मायेको पानी सोस्ने क्षमतामा ह्रास, – जमीनको सतहमुनिको पानीको सतह घट्नु, अम्लिय वर्षामा वृद्धि, जलश्रोतमा ह्रास पानीका मुहान सुक्ने, बाढीपहिरोले गर्दा वन, माटो, ढुंगा बगेर जानु
माटोमा– – उर्भर भूमिमा बाँझोपना बढ्ने, कृषिको उत्पादन र उत्पादकत्व घट्ने, मरुभूमिकरण
अन्यः प्राकृतिक प्रकोपको कारण जनधनको क्षती, जनधन तथा भौतिक सम्पत्तिको क्षति हुनु, फोहर बढ्नु वायु, जल, ध्वनि र भूमि प्रदुषण बनस्पति र वन्यजन्तुको प्रजाति विनाश
वातावरणीय संरक्षण गर्न भएका व्यवस्थाहरु
→ संबैधानिक व्यवस्थाः
- नेपालको संविधानको प्रस्तावनामा दिगो विकास उल्लेख,
- स्वच्छ वातावरणको हकलाई मौलिक हक रुपमा राखिएको, (धारा ३०)
- प्राकृतिक श्रोतसाधनको संरक्षण तथा दिगो उपयोग सम्बन्धी नीति, (धारा ५१)
- संविधानको अनुसूचीहरुमा वातावरण संरक्षण सम्बन्धी संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीमा उल्लेख गरिएको ।
→ कानूनी तथा नीतिगत व्यवस्थाहरुः
- वातावरण संरक्षण ऐन, २०७६ र नियमावली, २०७७ मा वातावरणीय स्वच्छता कायम गर्न विभिन्न ब्यबस्थाहरु गरिएको.
- भू तथा जलाधार संरक्ष ऐन, २०३९ र नियमावली, २०५३
- प्राकृतिक संरक्षण कोष ऐन, २०३९ र नियमावली, २०४२
- राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०३९ र नियमावली, २०४२
- स्थानीय सरकार सन्चालन ऐन, २०७४
- फोहरमैला व्यवस्थापन ऐन, २०६८ र नियमावली, २०७०
- राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६
- दिगो विकास एजेण्डा, २०५९
पन्ध्रौं योजनामा स्वच्छ एवं स्वस्थ वातावरण मार्फत दिगो विकास गर्ने सोच लिइएको,
सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा स्वच्छ, हराभरा र प्रदुषणमुक्त नेपाल निमार्ण अभियान सञ्चालन गर्ने उल्लेख,
संस्थागत व्यबस्थाः
- संघीय तहमा वन तथा वातावरण मन्त्रालय तथा सो अन्तर्गत वातावरण विभाग, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्राकृतिक संरक्षण कोष आदिको व्यवस्था,
- प्रदेश तथा स्थानीय तहहरुमा वातावरण संरक्षणका लागि विभिन्न संरचनाहरुको स्थापना,
- विभिन्न गैरसरकारी निकायहरुको सक्रियता जस्तैः UNEP, WWF, UNESCO, IUCN, IPCC etc.
→ अन्य व्यवस्थाहरुः
- अन्तराष्ट्रिय मञ्चहरुमा वातावरण संरक्षणका लागि विभिन्न महासन्धि तथा प्रोटोकल गरिएको, फोहोरमैला व्यवस्थापन सम्बन्धी बासेल महासन्धि, १९८९ मा नेपाल सन् १९९७ बा पक्ष राष्ट्र भएको,
- राष्ट्रपति चुरे संरक्षण क्षेत्र कार्यक्रम लागू गरिएको
- २०७८ श्रावण १ बाट ४० माइक्रोनभन्दा कम प्लाष्टिक प्रयोग गर्न नपाइने,
- प्लाष्टिक तथा हर्न निषेधित क्षेत्र घोषणा, हरियाली क्षेत्र घोषणा, नदी सफाइ अभियानहरु सञ्चालन ।
वातावरणीव हास न्यूनिकरणका उपायहरु (Ways for reducing environmental degradation)
वातावरणीय हास न्यूनिकरण गर्न संवैधानिक, कानूनी, नीतिगत, संस्थागत संरचनागत तथा व्यवहारगत पक्षहरुमा ध्यान दिनुपर्छ।
स्तम्भ-१ दीगो विकासः
- दिगो विकास लक्ष्य अनुरुप विकास क्रियाकलाप निर्देशित गर्ने, प्राकृतिक श्रोत, साधनहरुको दिगो उपयोग गर्ने,
- वर्तमान तथा भावी पुस्ता बीचमा न्यायोचित हुने गरी प्राकृतिक तथा मानव निर्मित स्रोतहरूको उपयोग गर्ने
स्तम्भ -२ कानूनीः
- वातावरण सम्बन्धी राष्ट्रिय कानून तथा क्षेत्रीय एवं अन्तराष्ट्रिय सन्धिहरुको पालनामा काडाई गर्ने, IEE (Initial Environmental Examination), EIA (Environmental Impact Assessment) पालना गर्ने,
- जलवायु परिवर्तन अनुकुलनका नीतिहरु अवलम्बन गर्ने,
स्तम्भ-३ जनचेतना विकासः
- वातावरणीय शिक्षा र सचेतनाको विकास गर्ने,
- अनवीकरणीय उर्जाको खपत घटाउँदै स्वच्छ उर्जामा जोड दिने,
- वातावरण संरक्षणसंग सम्बद्ध निकायहरु बिच समन्वय कायम गर्ने,
स्तम्भ-४ प्रदुषण गतिविधि न्यूनीकरणः
- रासायनिक, जैविक तथा आणविक हातहतियारको उत्पादन, बेचविखन र प्रयोगमा बन्जेद लगाउने,
- Polluter Pays Principle/Pollution Prevention Paथक जस्ता सिद्धान्त लागू गर्ने,
- वातावरणीय प्रदुषण न्यूनीकरणमा जोड दिने र उपलब्ध स्रोतसाधनको पुनः प्रयोग र पुनः प्रशोधन गर्ने
- घरेलु, औद्योगिक तथा सेवा क्षेत्र लगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापन गर्ने ।
स्तम्भ-५ प्रर्बद्धन
- शहरी तथा नगर क्षेत्रमा उद्यान विकास तथा हरियाली विस्तार गर्ने । विकासका सबै आयामहरूमा वातावरणीय चासोलाई मूलप्रवाहीकरण गर्ने ।
- वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जनसहभागिता जुटाउने ।
- वातावरण संरक्षण र व्यवस्थापनका लागि शोध, अनुसन्धान र क्षमता अभिवृद्धि गर्ने ।
- प्रदूषण पिडितलाई वातावरणीय न्यायको सुनिश्चितता गर्ने ।
अन्यः
- अब्यवस्थित औद्योगिकरण तथा शहरीकरणलाई व्यवस्थित गर्ने,
- जनसंख्या वृद्धिलाई वाञ्छित सीमाभित्र राख्ने,
प्रश्नहरुः
१. वातावरणीय ह्रासका प्रमुख कारक तत्वहरु औंल्याउँदै तिनको नियन्त्रणका प्रभावकारी उपायहरु उल्लेख गनुहोस । (Identify the major Factors responsible for environmental degradation and also mention the effective majors for their control.) 5+5-10 (PSC, Model)
२. वातावरणीय विनासका कारणहरु उल्लेख गर्नुहोस। वनजंगलको विकासबाट वातावरणीय सन्तुलन कायम गर्न सकिएला? आफ्नो प्रष्ट्याइ उल्लेख गर्नुहोस। (State the reasons for environmental degradation. How can environment be balance with the forest sector. Justify your answer. 4+6=10 (PSC, न्याय सेवा, २०७५)
३. वातावरणीय ह्रास भन्नाले के बुझिन्छ? वातावरणीय ह्रासका कारक तत्वहरु निरुपणको लागि दीर्घकालीन रुपमा अबलम्बन गर्नुपर्ने उपायहरु के के हुन्? चर्चा गर्नुहोस् । (What do you mean by environmental degradation? What are the long-term measures to be taken to mitigate the environment degradation?)10 (PSC, 2077)
- वातावरण ह्रास भन्नाले के बुझिन्छ ? यसका कारणहरू के के हुन सक्छन् ? वातावरणीय ह्रासका कारण उत्पन्न हुने समस्याहरू र रोकथामका उपायहरू औल्याउनुहोस् ।
उत्तर :
वातावरणमा रहेको जैविक तथा अजैविक अवयवहरूबीचको अन्तरक्रिया एवं अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा क्षति पुऱ्याउने प्रकृयालाई नै वातावरण ह्रास भनिन्छ । वातावरण ह्रासलाई वायु प्रदुषण, ध्वनि प्रदुषण, जल प्रदुषण, खाद्य प्रदुषण, औद्योगिक प्रदुषण, भूमि प्रदुषण, विकिरण प्रदुषण गरी विभिन्न भागमा वर्गीकरण गरेको पाइन्छ। हावा, पानी, जमिन आदिमा विभिन्न कारणले भौतिक, रासायनिक तथा जैविक परिवर्तन आई तिनीहरूको गुणस्तरमा ह्रास आउनु नै वातावरण हास हो
वातावरण हासका कारणहरू:
वातावरण द्वासका कारणहरू विभिन्न देश, समय र परिस्थिति बमोजिम फरक-फरक हुने भएतापनि समग्रमा निम्न कारणहरू उल्लेख गर्न सकिन्छ :
- अव्यवस्थित रूपमा अत्याधिक जनसंख्या वृद्धि
- वातावरण शिक्षाको कमी एवं जनचेतनाको अभाव
- अव्यवस्थित औद्योगीकरण एवं सहरीकरण
- बनजंगलको विनाश
- विषादि तथा औषधिहरूको अत्याधिक प्रयोग ।
- बातावरण सन्तुलन गर्नेतर्फ लक्षित कानुनको पालनाको अभाव,
- अवैज्ञानिक कृषि प्रणाली,
बाताबरण हासबाट उत्पन्न हुने समस्याहरूः
- ओजोन तहको विनाश
- विश्वव्यापी उष्णता, हरितगृह प्रभाव,
- बाढी पहिरो, अनावृष्टि, अतिवृष्टि खडेरी र भूक्षय,
- अम्लीय वर्षा,
- विविधतामा द्वास,
- आाविक हिउँदको समस्या,
- कृषि उत्पादनमा ह्रास,
- मानवीय स्वास्थ्य समस्या, आदि ।
बाताबरण हासको रोकथाम गर्ने उपायहरूः
हाल विश्वको जल्दोबल्दो समस्याको रूपमा देखिएको वातावरण हास तथा यसबाट उत्पन्न समस्याहरूको रोकथाम गर्न अवलम्वन गर्नुपर्ने उपायहरू निम्न छन् :-
- जनसंख्या व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने।
- बातावरण शिक्षा र प्रचार-प्रसारमा जोड दिने ।
- व्यवस्थित सहरीकरण तथा उचित बसोबासको व्यवस्था ।
- औद्योगिक र बातावरणबीच समन्वय कायम गर्नुपर्ने,
- वनविनाशलाई नियन्त्रण गरी वृक्षारोपणमा जोड दिनुपर्ने ।
- आणविक, रासायनिक तथा जैविक हातहतियारको उत्पादन, वेचविखन र प्रयोगमा बन्देज ।
- दीगो विकासको अवधारणालाई आत्मसात गर्नुपर्ने ।
- प्रदुषण मापदण्ड कडाईका साथ लागू गर्नुपर्ने ।
- फोहोरमैलालाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने प्रविधिको विकास र प्रयोग गर्ने ।
अन्तमाः
वातावरणीय ह्रासका कारण अवको विश्वनै कस्तो रहने भन्ने गम्भिर आशंका उत्पन्न भैरहेको वर्तमान अवस्थामा सरकारी, निजी क्षेत्र र समुदयस्तरमानै यसको संरक्षणका लागि लाग्नु पर्ने बेला भैसकेको छ । वातावरण ह्रासको कारण भन्दा यसको व्यवस्थापन राम्रोसंग गर्न नसक्दा जनताको जीउधनको बढी क्षति भएको अवस्था छ । यसलाई माथि उल्लेखित उपायहरूको अवलम्बन गरी वातावरण ह्रासलाई नै न्यूनिकरण गर्न तथा हुन सक्ने संभावित क्षतिलाई रोक्न सकिन्छ ।
- बातावरणीय हास र विकाशोन्मुख अर्थतन्त्र वीच के कस्तो अन्तरसम्बन्ध रहेको पाउनुहुन्छ ? नेपालको सन्दर्भ र उदाहरण समेत प्रस्तुत गर्दै उल्लेख गर्नुहोस
उत्तर :
वातावरणमा रहेका कुनै पक्षको विनास हुनु वा कुनै पक्षको उच्च विस्तार हुनुका कारणले बर्तमान वातावरणीय संरचनामा असर पर्ने, वातावरणीय सन्तुलन विग्रने कार्य नै वातावरण ह्रास हो । जैविक तथा अजैविक अवयवहरूबीचको अन्तरसम्बन्धमा क्षति पुग्ने कार्य नै वातावरणीय ह्रास हो
विकाशोन्मुख अर्थतन्त्र भनेको विकासका लागि पूर्वाधार स्थापना र विकास नै नसकेको, विकासको गति स्वभाविक चलायमान नभएको, गरिवी, पछौटेपनयुक्त देशहरूको अर्थतन्त्र हो । यस्तो अर्थतन्त्रमा विकासको गति विस्तार गर्न भन्दा सामान्य जीवन निर्वाहमा देशका योजना, स्रोत र समय लागिरहेको हुन्छ । अर्को हिसाबले भन्दा जीवन निर्वाहमा र दैनिक क्रियाकलाप व्यवस्थापनमा नै देश, समाज र परिवारको लगानी परेको हुन्छ । यस्तो अवस्थामा वातावरणीय व्यवस्थापन र क्षमता र विकासमा पक्ष स्वभाविक रूपमा आझेलमा पर्दछन् ।
बातावरणीय ह्रास र विकाशोन्मुख अर्थतन्त्रवीच अन्तरसम्बन्धका पक्षहरू :
विकाशोन्मुख अर्थतन्त्रमा वातावरण विकास मुल मुद्दा नै नवन्तु एकातिर छ भने अर्कोतिर वातावरण हास गर्ने गतिविधि पनि बढी रहेको अवस्था विद्यमान रहन्छ ।
आर्थिक स्रोत र वातावरणः
- स्रोत साधन कमजोर भएकोले दैनिक गुजारामा व्यस्त,
- जनताले भोलिको सोच राख्न सक्ने अवस्था नरहेको,
- उच्च जोखिम मोल्न तयार हुने हुँदा वातावरणीय पक्षमा ध्यान नपुग्ने,
- बाताबरणीय हासका कारक समेत कमजोर क्रयशक्ति भएको जनसमुदाय हुन्छ जस्तो हिटर, ग्यासको प्रयोगको सट्टा दाउरा प्रयोग हुने, खोला किनार र सस्तो जग्गामा बस्ति विस्तार हुने आदि नेपालकै उदाहरण पनि दिन सकिन्छ
- स्थायी ल्याण्डफिल्ड साईड, फोहोर उठाउने साधन आदि पूर्वाधारको समस्या हुनु
राजनीति र वातावरणः
- राजनीतिक दलको एजेन्डामा नै वातावरणीय एजेन्डा नपर्ने,
- एजेन्डामा परे पनि कार्यान्वयन नहुने,
- पपुलिष्ट कार्यक्रममा व्यस्त,
- दिर्घकालिन सोच नहुने,
- दिगो विकासको एजेन्डा प्राथमिकतामा नपर्ने,
- फोहोरमा राजनीति गर्ने प्रचलन पनि जि
सामाजिक सांस्कृतिक पक्ष र वातावरणः
- धार्मिक अन्धविश्वासले वातावरणीय मुद्दा ओझेलमा परेको, (वागमतीको शुद्धतामा भन्दा पौराणीक कथनमा विश्वास)
- जंगली घुमन्ते प्रजातीको कारण सिर्जित समस्या,
- . जंगल फाँडेर कुटी, मन्दिर, मस्जिद निर्माण जस्तो हलखोरिया, बाराको उदाहरण दिन सकिन्छ ।
- हिमाली जिल्लामा घरको छतबाट विष्टा निस्कासन गर्ने प्रचलन आदि
शैक्षिक र चेतना विकासको पक्ष :
- सुन्दर वातावरण राख्नुपर्नेमा ज्ञान नहुनु ।
- सरसफाईको चेतनामा कमी आउनु ।
- औपचारिक शिक्षामा वातावरणीय पक्ष ओझेलमा पर्नु आदि
यसरी हेर्दा विकाशोन्मुख अर्थतन्त्रमा वातावरणीय पक्षलाई वेवास्ता गरेको र विकास कार्यले वातावरण सुधारमा सहयोग नपुगेको एकातर्फ देखिन्छ भने अर्को तर्फ विकाशोन्मुख अर्थतन्त्रमा रहेका विविध पक्षहरूले वातावरण सुधारमा भन्दा द्वास गर्नमा कारकको भूमिका खेलेको समेत स्पष्ट हुन आउँछ ।
अन्तमा :
विकास र बातावरण दुवै कारक र कारण हुन विकासले वातावरणलाई सम्बोधन गर्दा विकास दिगो हुन्छ भने वातावरणीय सन्तुलन कायम गरिरहँदा विकास फक्रने मलिलो आधार पनि तयार हुन्छ । विकाशोन्मुख देशमा विकास योजना बनाउँदा माथिका सबै पक्षलाई सम्बोधन हुने गरी योजना बनाउनु जरुरी हुन आउँछ ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 261