तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 09:16:41
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ। सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज घर परिवारप्रति जिम्मेवारी बढ्ने छ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। कृषि कार्यमा सफलता हात लाग्ने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सांस्कृतिक कार्यमा सरिक भइनेछ। बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्ने छ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज सेवा गर्ने अवसर जुट्न सक्छ। करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। धन हात पार्न पनि सक्छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज नाता कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ। सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्ने छ।

    वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मनमा हर्ष र प्रसन्नताका हुन सक्छ। परोपकारका क्षेत्रमा लगानीको समय छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। यात्रा गर्दा बाटोमा दुख हुन सक्छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज साथीभाइसँग रमाइलो गरि दिन बित्ने छ। आफन्त, सहयोगी र मित्र वर्गको साथ र सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्ने छ। व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ। परोपकारजन्य कार्यमा लगाव पनि बढ्ने छ ।