चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 502 of 1153
  • 2026-11-22
  • 14:07:10
  • आइतबार,मंसिर ०७, २०८३

About Author

‘निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन्। आज (सामबार) प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको उनको भनाइ छ। भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको उनले बताए। उनले अन्तरजिल्ला मतदान व्यवहारिक रूपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताए। उनले भने, ‘अन्तरजिल्ला मतदान व्यवहारिक रूपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नुभएको छ। यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्ने कुरा भनिएको छ। राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ। चुनावमा शान्ति सुरक्षाको विषय नै हो। प्रचार प्रसारको विषय नै हो। भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो।’ उनले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताएका छन्।

News by ‘निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती’ :