चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 417 of 1152
  • 2026-11-22
  • 07:05:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधि सभा निर्वाचनः प्रयोजनका लागि भारत सरकारले दियो थप सवारीसाधन

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारबाट नेपाललाई थप सवारीसाधन प्राप्त भएका छन्। प्राप्त गाडीहरू हाल सिंहदरवार परिसरमा राखिएको छ। निर्वाचन व्यवस्थापन सहयोग स्वरूप भारतले कुल ५३८ वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोही प्रतिबद्धताअनुसार वीरगञ्ज भन्सार नाकामार्फत सवारीसाधनहरू काठमाडौँ भित्र्याइएको हो। आज मात्रै २३२ वटा गाडी हस्तान्तरण गरिएको जनाइएको छ। उपलब्ध गराइने कुल सवारीसाधनमध्ये ३०० वटा नेपाल प्रहरीका लागि रहनेछन् भने बाँकी २३८ वटा विभिन्न सरकारी निकायमा परिचालन गरिने व्यवस्था गरिएको छ। निर्वाचन व्यवस्थापन, सुरक्षा तथा प्रशासनिक सहजीकरणको लागि यी सवारीसाधन प्रयोग हुने जनाइएको छ।

News by प्रतिनिधि सभा निर्वाचनः प्रयोजनका लागि भारत सरकारले दियो थप सवारीसाधन :