इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-02-15
  • 04:05:48
  • शनिबार,फाल्गुण ०२, २०८२
  • इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

    इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

    मुम्बई– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

    इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन्। नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन्।

    नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन्।

    नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो।

    दुवै टोली आज पहिलो जितको खोजीमा छन्।

    नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने