चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1058 of 1109
  • 2026-10-09
  • 08:40:39
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

राष्ट्रपतिबाटै व्यवस्थामाथि प्रहार भयो : रामचन्द्र पौडेल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायबाटै व्यवस्थामाथि प्रहार भएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार हुन आवश्यक देखिएको’भनी फिर्ता पठाएको विधेयक संघीय संसद्ले हुबहु पारित गरी पठाएपनि प्रमाणीकरण गर्न अस्वीकार गरेपछि पौडेलले यस्तो बताएका हुन्। संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार भएको उनले बताए। ‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु,’ उनले भने। संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरे १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।