धनगढी काँग्रेसको नगर सभापतिमा गजेन्द्र विक्रम शाही सर्वसम्मत - Chaitanya News
  • 2026-10-09
  • 08:45:04
  • शुक्रबार,आश्विन २३, २०८३
  • धनगढी काँग्रेसको नगर सभापतिमा गजेन्द्र विक्रम शाही सर्वसम्मत

    धनगढी काँग्रेसको नगर सभापतिमा गजेन्द्र विक्रम शाही सर्वसम्मत

    धनगढी: नेपाली काँग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत धनगढी उपमहानगरपालिकाको नगर सभापतिमा गजेन्द्र विक्रम शाही (गज्जु) सर्वसम्मत निर्वाचित भएका छन्।

    नगर अधिवेशनबाट शाहीसहित धनगढी उपमहानगरपालिका नगर कार्यसमितिका सम्पूर्ण सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन्।

    नेतृत्व चयनमा सहमति जुटेसँगै धनगढी उपमहानगर काँग्रेसले संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।

    नगर सभापतिमा निर्वाचित शाही धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्षसमेत हुन्।