चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 221 of 1167
  • 2026-11-29
  • 17:09:12
  • आइतबार,मंसिर १४, २०८३

About Author

लगातार छैटौं दिन घट्यो सेयर बजार

काठमाडौं– आज (सोमबार) छैटौं कारोबार दिन पनि सेयर बजार घटेको छ। गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार १६.५४ अंक घटेरै बन्द भयो। यो कमीसँगै नेप्से २६३२ अंकमा कायम भएको छ। गत साता सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंक घटेको थियो। आज बजार दिनभरजसो रातो अंकमा रह्यो। मुख्यतः नयाँ कम्पनी ऐन २०८३ को मस्यौदामा सेयर हस्तान्तरण वा खरिद बिक्री गर्दा त्यस्तो सेयरमा हक प्राप्त गर्ने व्यक्तिले १ प्रतिशतका दरले हस्तान्तरण शुल्क बुझाउने प्रस्ताव गरिएको विषयले पनि बजारलाई बढी प्रभाव पार्‍यो। यद्यपि यस्तो प्रस्ताव फिर्ता हुने सम्बद्ध पक्षले स्पष्ट पारिसकेका छन्। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ६७ करोडको भयो। २९ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने ६ को स्थिर रह्यो। सबै समूहका सूचक घटेका छन्। निर्जीवन बीमा १.३९, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४ तथा फाइनान्स १.१३ प्रतिशत घटे। बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे। ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ। १५ प्रतिशत बढेका कम्पनीमा स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त छन्। मूल्य १५ प्रतिशत बढ्नेमध्ये ३ कम्पनी हालै सूचीकृत भएका हुन्। त्यस्तै लक्ष्मी सनराइज बैंकको २.६४, नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशत मूल्य बढ्यो। स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशत घट्यो। सोपान फर्मास्युटिकल्सको ४.५०, एसियन हाइड्रोपावरको ४.४० तथा शिखर पावरको ३.७९ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् छन्।  

News by लगातार छैटौं दिन घट्यो सेयर बजार :