चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1084 of 1115
  • 2026-10-14
  • 07:31:36
  • बुधबार,आश्विन २८, २०८३

About Author

कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैद फैसला सुनाएका एक अभियुक्त १४ वर्षपछि पक्राउ

झापा– कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैद फैसला सुनाएका एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका ८ निवासी ३७ वर्षीय दिप्सन लावती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले लावतीलाई बिहीबार सुरुंगाबाट पक्राउ गरेको हो। लावतीलाई झापा जिल्ला अदालतको २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६५ बैशाख १७ गते जन्मकैद हुने गरी फैसला भएको थियो। सो फैसला उपरसमेत पुनरावेदन परी सर्वोच्च अदालतबाट २०६५ फागुन २३ गते पुनरावेदन अदालतबाट भएको फैसला सदर भई जन्मकैद ठहर भएको थियो। पक्राउ परेका लावती एक वर्ष ७ महिना २४ दिन थुनामा बसिसकेको र १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी छ। अदालतको आदेशबमोजिम उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ।

News by कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैद फैसला सुनाएका एक अभियुक्त १४ वर्षपछि पक्राउ :