सेयर बजार दुई अंकले घट्यो ६९ करोड ८८ लाखको मात्र कारोबार - Chaitanya News
  • 2026-04-21
  • 15:34:51
  • मंगलबार,बैशाख ०८, २०८३
  • सेयर बजार दुई अंकले घट्यो ६९ करोड ८८ लाखको मात्र कारोबार

    सेयर बजार दुई अंकले घट्यो ६९ करोड ८८ लाखको मात्र कारोबार

    काठमाडौं– शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा करिब दुई अंकले नेप्से घटेको छ। नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो।

    यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ। २ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ।

    आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन्। सबैभन्दा बढी सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९.८० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताहरुले ६.१६ प्रतिशतले गुमाएका छन्।