चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1100 of 1115
  • 2026-10-16
  • 02:57:06
  • बिहिबार,आश्विन २९, २०८३

About Author

विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ : टोप रायमाझी

रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गरेका छन। प्रेस चौतारी रोल्पाले आज बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेन्डा भएको पार्टी एमाले मात्र भएको बताए। ‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ, उनले भने ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन्। माओवादीतर्फ सङ्केत गर्दै नेता रायमाझीले भने, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छन्, आफ्नो अस्तित्व जोगाउन गठबन्धन गर्न बाध्य छन्। विगतको माओवादी युद्धमा पार्टीभित्रको विद्रोहले रोल्पामा पार्टीलाई ठूलो क्षति पुर्‍याएको स्मरण गर्दै नेता रायमाझीले फेरि पनि रोल्पामा माओवादी पार्टीभित्रबाटै विद्रोहको सङ्केत देखा परेको बताए। ‘अरूको धेरै के कुरा गर्नु’, उनले भने ‘तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ एमाले भनेको तेस्रो शक्तिबाट पहिलो बनेको पार्टी हो, अरू भनेका पहिलोबाट अन्तिमतर्फ पुग्दैछन्। पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि रोल्पा आएका रायमाझीले एमालेबाट अन्य पार्टीमा कोही पनि नगएको तर माओवादी र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको लहर चलेको जिकिर गरे।

News by विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ : टोप रायमाझी :