बञ्चरेडाँडामा फेरि झडप, आन्दोलनकारी पक्राउ - Chaitanya News
  • 2026-07-19
  • 20:03:13
  • आइतबार,साउन ०३, २०८३
  • बञ्चरेडाँडामा फेरि झडप, आन्दोलनकारी पक्राउ

    बञ्चरेडाँडामा फेरि झडप, आन्दोलनकारी पक्राउ

    काठमाडौं– फोहोर बोकेका गाडीलाई रोक्न खोजेपछि नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। आफूहरूको माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    ‘फोहोर बोकेका गाडीलाई रोक्न खोजेपछि केही स्थानीय बासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले झडपको स्थिति बनेको छ,’ एक स्थानीयले शिलापत्रसँग भने। अहिले ८० वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडामा पुगेका छन्। डाँडाडाँडामा बसेर स्थानीयले फोहोरको गाडी रोक्ने प्रयास गरिरहेका छन्। सुरक्षाको लागि प्रहरीको टोली पनि बञ्चरेडाँडामा चारैतिरबाट परिचालन गरिएको छ।