चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1109
  • 2026-10-08
  • 17:47:19
  • बिहिबार,आश्विन २२, २०८३

About Author

लुम्बिनीको अर्थ मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पौडेललाई

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रदेश सचिवका रूपमा कामकाज गर्ने जिम्मेवारी दिने निर्णय गरेaको हो। मन्त्रिपरिषद्ले पौडेललाई निमित्त सचिवको जिम्मेवारीसँगै आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्न पाउने गरी जिम्मेवारी तोकेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव बन्धुप्रसाद बास्तोलाको संघीय मन्त्रालयको पत्रअनुसार सरुवा भएपछि उक्त पद रिक्त भएको थियो। सचिव पद रिक्त भएपछि मन्त्रालयको नियमित कामकाज र प्रशासनिक नेतृत्वका लागि वरिष्ठतम उपसचिव पौडेललाई निमित्त सचिव तोकिएको हो। यसैगरी, मन्त्रिपरिषद् बैठकले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा। पदमराज अधिकारीको स्वेच्छिक राजीनामा स्वीकृत गरेको छ।

News by लुम्बिनीको अर्थ मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पौडेललाई :