चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 27 of 1099
  • 2026-10-04
  • 15:16:45
  • आइतबार,आश्विन १८, २०८३

About Author

आज एकै दिन चार वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा

काठमाडौँ– आज (शुक्रबार) एकै दिन विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन्। जसअनुसार, अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, बिहान साढे ११ बजे न्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने तय भएको छ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन–भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। यस्तैगरी, आज बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा “खानी तथा खनिज पदार्थ विधेयक,२०८३” माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। आज बिहान साढे १० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरूमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ।

News by आज एकै दिन चार वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा :