काठमाडौँ– आज (शुक्रबार) एकै दिन विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन्।
जसअनुसार, अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, बिहान साढे ११ बजे न्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने तय भएको छ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन–भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
यस्तैगरी, आज बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा “खानी तथा खनिज पदार्थ विधेयक,२०८३” माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।
आज बिहान साढे १० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरूमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ।