चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-20
  • 04:39:35
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढ्यो

काठमाडौं– नेपालको विदेशी मुद्रा सञ्चितिले करिब २० महिनाको वस्तु आयात धान्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको हो । गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले वृद्धि भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । २०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिसँगै मुलुकको बाह्य क्षेत्रको भुक्तानी क्षमता पनि बलियो रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

News by विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढ्यो :