चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 65 of 1109
  • 2026-10-08
  • 21:18:37
  • बिहिबार,आश्विन २२, २०८३

About Author

भोटेकोशी नदीमा पुनः बाढीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह

काठमाडौँ– रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः बाढीको सतह बढेको छ। आइतबार बिहानदेखि नदीमा बहाव बढेको र ठूलो आवाज सुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बिहान करिब ४ बजेदेखि नदीमा ठूलो आवाज सुनिएको हो। अँध्यारोका कारण बाढीको अवस्था र बहावको परिमाण भने यकिन हुन नसकेको उनले बताए। उनका अनुसार नदीबाट करिब एक घण्टादेखि निरन्तर ठूलो आवाज सुनिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नुवाकोट, धादिङ तथा सम्बन्धित मन्त्रालय र प्राधिकरणलाई समेत जानकारी गराइएको छ। बाढी पूर्वानुमान महाशाखाले पनि रसुवाबाट भोटेकोशीमा बहाव बढेको सूचना प्राप्त भएपछि रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। रसुवा प्रशासनबाट प्राप्त सूचनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँको नागढुंगा र चितवनतर्फ सवारीसाधन रोकिएको जानकारी प्राप्त भएको छ। यसअघि भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। पुनस् बहाव बढेको सूचना आएपछि प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेको छ।

News by भोटेकोशी नदीमा पुनः बाढीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह :