चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1109
  • 2026-10-09
  • 08:00:44
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

ग्यास अभाव समाधान गर्न सरकार अत्यन्त गम्भीर छ : उद्योगमन्त्री

काठमाडौँ– उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन्। आज (सोमबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहित काम गरिरहेको जानकारी दिए। ‘ग्यासको समस्या समाधानका लागि मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको छ। दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार नीति बनाउन राष्ट्रिय योजना आयोगलाई पत्राचार गरिएको छ ,’ मन्त्री साहले भने। ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डाइग्राम’ प्रयोग गरेको मन्त्री साहले बताए। उक्त विश्लेषणबाट ग्यास अभाव हुनुमा कुनै एउटा मात्र कारण नभई आपूर्ति, कानुन, वितरण तथा प्रणाली, मानव संसाधन, सामाजिक र अन्तर्राष्ट्रिय पक्षलगायतका विविध कारणहरू अन्तरसम्बन्धित रहेको पाइएको छ। मन्त्रालयको अध्ययनअनुसार आयातमा निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङको समस्या, डिलर सेवा केन्द्रहरूको असमान वितरण र खाली सिलिण्डर भर्न हुने ढिलाइले माग र आपूर्तिमा असन्तुलन ल्याएको निष्कर्ष निकालिएको छ। यसका साथै कालोबजारी, डिजिटल ट्र्याकिङ प्रणालीको अभाव र अन्तरनिकाय समन्वयको कमीले पनि ग्यास अभावको समस्यालाई थप जटिल बनाएको मन्त्री साहले औँल्याए। आफूले एक ‘टेक्नो–इकोनोमिक इन्जिनियर’का रूपमा यस सङ्कटलाई ’कति सिलिण्डर ग्यास आयो’ भन्ने प्रश्नमा मात्र सीमित नराखेको उनले बताए । “ग्यास लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, मूल्यको समय र सिलिण्डरको पहिचान लाई एउटै प्रणालीमा आबद्ध गरेर हेरिएको छ,“ उनले भने। समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रालयले ग्यास आपूर्ति समायोजनका लागि ‘क्रिटिकल मेथड’ मा केन्द्रित रहेर विशेष कार्ययोजना बनाएको छ। ग्यास आपूर्ति प्रणालीलाई सहज बनाउन अवरुद्ध कृष्णभीर सडक खण्डको मर्मत कार्य तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याइएको मन्त्री साहले जानकारी दिए। त्यसैगरी, बजारको माग धान्न र आपूर्तिलाई सन्तुलनमा ल्याउन हाल नियमित रूपमा आइरहेका दैनिक १०० बुलेट ग्यासलाई बढाएर १६० बुलेट पुर्‍याउन सरकारले कूटनीतिक पहलसमेत अगाडि बढाएको उनको भनाइ छ।

News by ग्यास अभाव समाधान गर्न सरकार अत्यन्त गम्भीर छ : उद्योगमन्त्री :