बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको निर्णय - Chaitanya News
  • 2026-09-21
  • 13:10:15
  • सोमबार,आश्विन ०५, २०८३
  • बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको निर्णय

    बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको निर्णय

    काठमाडौँ– सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा पुनः सडक नबनाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन्।

    संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको ठाउँ उठाउनुपर्ने भए पनि अन्य ठाउँमा फेरि सडक नबनाउने बताए।

    ‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ। हामी विल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ उनले भने।