नेकपा एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित - Chaitanya News
  • 2026-09-21
  • 12:49:09
  • सोमबार,आश्विन ०५, २०८३
  • नेकपा एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित

    नेकपा एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित

    काठमाडौं– नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पारित गरेको छ।

    केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

    ‘प्रतिवेदन सुझावसहित प्रतिवेदन पास भएको छ’, नेता भट्टले भने, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा दिन पर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन, त्यसैले अनुसूचिका विषय प्रतिवेदनमा भएकाले छुट्टै राख्नुपर्ने अवस्था छैन।’ यसअघि निर्वाचन समीक्षाबारे तीन वटा प्रतिवेदन बनेपनि सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ। कार्यदलले २९ पेजको प्रतिवेदन तयार गरेको थियो।

    सचिवालय लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिवेदनका बारेमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।