चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1099
  • 2026-10-04
  • 09:49:25
  • आइतबार,आश्विन १८, २०८३

About Author

१४४ अधिकृतको पदस्थापन, विभाग र मातहतका कार्यालयमा खटाइयो

काठमाडौँ– पशु सेवा विभागले नेपाल कृषि सेवाअन्तर्गतका विभिन्न समूहका १४४ जना राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृतस्तर) का कर्मचारीलाई पदस्थापन गरेको छ। विभागले असोज १५ गते गरेको निर्णयअनुसार भेटेरिनरी, लाइभस्टक, पोल्ट्री एन्ड डेरी डेभलपमेन्ट तथा मत्स्य समूहका अधिकृतलाई विभाग तथा मातहतका विभिन्न कार्यालयमा पदस्थापन गरेको हो। पदस्थापन हुने कर्मचारीमा सम्बन्धित समूहका अधिकृतसँगै लाइभस्टक, पोल्ट्री एन्ड डेरी डेभलपमेन्ट समूहका पशु विकास अधिकृतसमेत रहेका छन्। विभागले विभिन्न समूहमा कार्यरत अधिकृतहरूलाई आवश्यकता र जिम्मेवारीअनुसार विभाग तथा मातहतका कार्यालयमा खटाएको हो।  

News by १४४ अधिकृतको पदस्थापन, विभाग र मातहतका कार्यालयमा खटाइयो :